दोलखा । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई दोलखाको सिडिओबाट हटाएको छ ।
रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप लगाएका थिए । उनले १ लाख रूपैयाँ मागेर १० हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका थिए ।
दोलखा सिडिओबाट हटाइएका रिजाललाई गृह मन्त्रालय तानिएको छ । पीडितहरुले बिहिबार पत्रकार सम्मेलन गरेर रिजालले पटक–पटक घुस लिएको बताएका थिए ।
उनले सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । घटना बाहिरिएपछि रिजालले बिहीबार रकम फिर्ता गरेका थिए ।





























प्रतिक्रिया