कालापानी र लिपुलेक हाम्रो हो : सभापति देउवा

कालापानी र लिपुलेक हाम्रो हो : सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक र कालापानी नेपालको भूमि भएकाले यसलाई फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले लिपुलेक र कालापानी नेपालकै भएकाले यसलाई छाड्न नसकिने उल्लेख गर्नुभयो ।

सभापति देउवाले संवैधानिक परिषद्लाई शाही आयोग जस्तो बन्न नदिन सरकार गम्भीर हुनुपर्ने भन्दै सरकार संविधान विरोधी बन्न नहुने तर्क गर्नुभयो । उहाँले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउनुभयो । अहिले भइरहेको उपनिर्वाचनमा काँग्रेसको पक्षमा जनमत देखिएको सभापति देउवाको भनाइ थियो ।

Logo