दमक,
पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा शनिबार दुई जना बालकको ज्यान गएको छ ।
दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दै आएका १२ वर्षीय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुल निर्माणका क्रममा खोलाभित्र डोजरले खनेको दहमा पौडी खेल्दा दुवै बालकको घटनास्थलमै मृत्यु भएको थियो । बालक साथीसँग पौडी खेल्न गएका प्रहरीको भनाइ छ । प्रहरीले बालकको शव परीक्षणका लागि परिवारलाई जिम्मा लगाइ घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताउनुभयो ।





























प्रतिक्रिया