जनकपुरधाम,
आफूले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको भन्दै श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर. ४ मिथिलेश्वर बस्ने प्रकाश मण्डलले आफ्नै २२ वर्षीय श्रीमती कुसुम मण्डलको हत्या गरेका हुन् ।
यस अघि पनि प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए । मृतक कुसुमका बुवा जीवन मण्डलले दाइजोमा दिएको मोटरसाइकलकै कारण आफ्नो छोरीको हत्या भएको बताएका छन् । आर्थिक अभावका कारण दाइजोमा दिएको मोटरसाइकल नामसारी गर्न नसकेको मण्डलले बताएका छन् ।
ज्वाइँले सोहि रिसमा छोरीको हत्या गरेको आरोप मण्डलले लगाएका छन् । डेढवर्ष अघि कुसुमको विवाहमा दुई लाख नगद, अपाची मोटरसाइकल, सुन र १५ तोला चाँदी समेत दाइजो दिएको माइती पक्षले जनाएका छन् । मृतक कुसुमको शवलाई जनकपुरधाममा रहको प्रादेशिक अस्पताल पुर्याएर ससुरा रामचन्द्र मण्डल फरार भएका थिए । मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।





























प्रतिक्रिया