टोकियो,
प्राचीन कालको दुर्लभ बस्तुको लीलामीको समयमा सामान्य रुपमा करोडौको बोली लगाइन्छ । विश्वमा यस्ता धनी मानिस पनि छन्, जसलाई प्राचीन सामग्री संकलन गर्ने शोख हुन्छ र यसका लागि उनीहरु कुनै पनि मूल्य तिर्नका लागि तयार हुन्छन् । प्राचीन बस्तुको लिलामी सामान्य कुरा हो । तर गंगटोका लागि पनि ठूलो मूल्य तिरिएको छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । यस्तै गंगाटो पनि सवा ५२ लाख रुपैयाँमा लिलामी भएको छ ।
यो विश्वमै आज सम्मकै महँगो गंगटो हो । यसको लिलामी जापानको पश्चिमी क्षेत्र टोट्टरीमा भएको छ । विश्वकै महँगो यो गंगटो हीउँमा पाइन्छ र यसलाई क्रस्टेसियन गंगटो भनिन्छ ।जापानमा चिसो सुरु हुनासाथ सी फुड पनि लिलामी हुन्छ । मानिसहरु यसका लागि अत्यन्त उत्सुकताका साथ कुरेर बस्ने गर्छन् । यो लिलामीमा टुना माछा विशेष आकर्षणको केन्द्र हुने गर्छ ।
विश्वकै महँगा गंगटोको वजन १.२ किलोग्राम रहेको छ र यसको लम्बाई १४.६ सेन्टिमिटरको छ । स्थानीय अधिकारी शोता इनामोनाका अनुसार गंगटोका लागि लागेको यो ठूलो बोलीको बारेमा सुनेर नै अचम्ममा परिन्छ । यो भन्दा पहिले एक गंगटोका लागि २०.८ लाख रुपैयाँको बोली लागेको थियो । यो मूल्य गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता भएको थियो । यो वर्ष गंगटोका लागि लागेको बोलीले गत वर्षको रेकर्ड तोडेको छ ।
रिपोर्टका अनुसार गंगटोलाई एक स्थानीय सानो पसलेले किनेका हुन् र यसलाई जापानको ग्लिटजी गिंजा जिल्लामा रहेको एक महँगो रेस्टुरेन्टलाई दिएका थिए । यो भन्दा पहिले यी उद्योगपतीले यसै वर्षका जनवरीमा एक टुना माछाका लागि ३५ करोड रुपैयाँ खर्च गरेका थिए ।
एजेन्सी





























प्रतिक्रिया