अयोध्यामा रामको जन्मभूमि तथा बाबरी मस्जिदको विवादसम्बन्धी मुद्दा भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोईले किनारा लगाएका छन्।
४० दिनसम्म चलेको सुनवाइपछि शनिबार दशकौं पुरानो उक्त विवादका विषयमा फैसला आएको हो। यो मुद्दामा न्यायाधीश रञ्जन गोगोईको अध्यक्षता रहेको संवैधानिक इजलासले ४० दिनसम्म लगातार सुनुवाइ गरेको थियो। उक्त सुनुवाइ १६ अक्टोबरमा सकिएको थियो।
यस्ता छन् फैसलामा उल्लेख भएका कुराहरू
- जहाँ बाबरी मस्जिदको गुम्बज थियो त्यो भूमि हिन्दू पक्षलाई मिलेको छ।
- अदालतले मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि छुट्टै ५ एकड उपयुक्त जमिन दिन भनेको छ।
- उक्त विवादित जमिनमाथि हिन्दूको दाबी उचित रहेको फैसला सुनाउँदै सर्वोच्च अदालतले केन्द्र सरकारलाई ३ महिनाभित्रै अयोध्याबारे एक कार्ययोजना तयार गराउन भनेको छ।
- गोपाल विशारदलाई पूजापाठ गर्ने अधिकार दिइएको छ ।
- ट्रस्टमा निर्मोही अखाडालाई सहभागी गराउने वा नगराउने निर्णय केन्द्र सरकारले लिनेछ।
- आस्थाका आधारमा स्वामित्वको हक दिन सकिदैन।
- निर्मोही अखाडाको दावी खारेज गरिएको छ ।
- मुस्लिम वक्फ बोर्डको दावी खारेज गरिएको छ ।
- बाबरी मस्जिदका मुनि एक एक संरचना पाइएको छ जुन मुलतः मुस्लिम धर्मावलम्बीको थिएन।
- पुरातत्व विज्ञानलाई नकार्न सकिँदैन।
सर्वोच्चको फैसलाको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्





























प्रतिक्रिया