दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।
सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार दोलखाको मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोक सुकुटेको सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ।
चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको । २० जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ । बस क्रेनको सहायताले किनारमा निकालिएको छ ।





























प्रतिक्रिया