लोपोन्मुख प्रजातिको अजिङ्गर सप्तरीमा भेटियो

लोपोन्मुख प्रजातिको अजिङ्गर सप्तरीमा भेटियो

केन्द्रबिन्दु
0
Shares

सप्तरी,

सप्तरी जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गएराति १५ किलोको अजिङ्गर फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् ।

यस अघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।

Logo