सिन्धुपाल्चोक,
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले कर माथि कर बढाएर नेपालमा उद्योग धन्दा खोल्ने वातावरण बिथोलेको आरोप लगाएका छन् ।
उद्योग धन्दा नवढे रोजगार नवढ्ने र रोजगार नबढे देश समृद्ध नबन्ने भन्दै सहमहामन्त्री महतले सरकारलाई लगानीको बातावरण बनाउन आग्रह गरे। सहमहामन्त्री महतले आगामी निर्वाचनमा नेपालमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताएका छन् ।
आज सिन्धुपाल्चोकको बाह्रबिसेमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महतले कम्युनिस्टहरुले गत निर्वाचनमा भ्रमको खेती गरेर जनताको मत आफू तिर तानेको भन्दै अब ती सबै कुरा जनताले बुझिसकेको पनि जिकिर गरे।
सहमहामन्त्री महतले गाउँमा विकाश गर्न बाटोको आवश्यकता पर्ने भन्दै नेपालमा जति पनि बाटाघाटा बनेका छन् ती अधिकांश बाटाघाटाहरु आफ्नो सरकारले बनाएको पनि प्रष्ट पारे। उनले शिक्षाको विकाशमा पनि कांग्रेसको जति योगदान अरु पार्टीले नगरेको उल्लेख गरे। उनले कांग्रेसमा आफैंले आफ्नैलाई हराउने खेल भएको भन्दै त्यतातिर नलाग्न कार्यकर्तालाई आग्रह पनि गरे।





























प्रतिक्रिया