काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै पारसले नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।
उनले क्यानको निलम्बन फुकुवा भएको खुशी लागेको भन्दै क्यानको नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् । पारसले सन् २००९ मा विनोद दासलाई विस्थापित गर्दै कप्तान बनेका थिए ।





























प्रतिक्रिया