काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा किनेर ठगिएको जनाएको छ ।
अन्जानमा उक्त जग्गा खरिद गरेर ठगिएको भन्दै एनआरएनएले नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको जनाएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव बद्री केसीले संस्थाको नाममा जग्गा रहेको तर राज्य संयन्त्रणलाई विश्वास गर्दा समस्या आएको बताए ।
राज्यबाट जनता ठगिएझैं आफुहरु पनि ठगिएको उनको दाबी छ । उक्त जग्गा आफूहरुले पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको जिकिर गरे ।
बालुवाटारमा व्यक्तिको नाममा गरेको सरकारी जग्गाको केही अंश एनआरएनएले किनेको थियो । सरकारी जग्गा भन्ने जान्दाजान्दै एनआरएनए नेतृत्व पनि उक्त घोटालामा सहभागी भएको भनी आलोचना भइरहेका बेला एनआरएनएले त्यसबारे यस्तो प्रतिक्रिया दिएको हो ।





























प्रतिक्रिया