काठमाडौं ।
भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश वीच खेल हुँदैछ । स्थानीय समय अनुसार दिउँसो ३ बजे खेल हुने तालिका छ । थिम्पुमा हुने खेल प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।
प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने हुन्छ । पहिलो खेलमा नेपाललाई भारतले ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो । आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिश्पर्धा गर्नेछ ।





























प्रतिक्रिया