काठमाडौं । बडादसैंको सातौं दिन शनिबार काडमाडौंको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाइँ गरिएको छ । काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाइँ गरिएको हो ।
समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्वारा पुष्पवृष्टि तथा तोप बढाई पनि गरिएको थियो ।
नेपाली सेनाले दसैंको फुलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाइँ गर्दछ । यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फुलपाती भित्र्याउने गरिन्छ ।
नेपाली सेनाद्धारा टुँडिखेलमा फुलपातीको हर्षबढाई
नेपाली सेनाद्धारा टुँडिखेलमा फुलपातीको हर्षबढाई
Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, October 5, 2019





























प्रतिक्रिया