दुबईमा सवारी दुर्घटना, एक नेपालीसहित ८ जनाको मृत्यु

दुबईमा सवारी दुर्घटना, एक नेपालीसहित ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दुबईमा सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको छ । मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । नेपालीको पहिचान भने खुल्न सकेको छैन् ।

अन्य मृतक पनि एसियाली राष्ट्रका रहेको दुवइ प्रहरीले जनाएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ । दुबई प्रहरीका अनुसार दुर्घटनामा भारतीय पाकिस्तानी, बंगलादेशी लगायत सबै एसियाली देशका नागरिक छन् ।

Logo