नेपाल खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।
सरकारले दक्षिण एसियामा खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने पहिलो मुलुक भएको जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो ।
घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललगायत सहभागि थिए ।
नेपालमा २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई कार्यान्वयनमा आएपछि सरसफाइ अभियान सुरु भएको थियो ।नेपाल खुल्ला दिसामुक्त सचिवालयको तथ्याङ्क अनुसार अहिलेसम्म ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय निर्माण भइसकेका छन् । समितिको तथ्याङ्क अनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा ५ लाख ४८ हजार २१०, प्रदेश ५ मा ७ लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा ३ लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।
नेपाल खुल्ला दिसामुक्त जिल्ला घोषणा कास्कीबाट शुरु भएको थियो।
कुन जिल्लामा कहिले ?
कास्की : २०६८ साल असार १० गते
चितवन : २०६८ असोज ६ गते
तनहुँ : २०६९ साउन ३ गते
म्याग्दी : २०६९ असोज २३ गते
प्युठान : २०६९ चैत्र १६ गते
पर्वत : २०६९ चैत्र ३१ गते
अछाम : २०७० वैशाख १२ गते
कालिकोट : २०७० जेठ २६ गते
मकवानपुर : २०७० साउन ४ गते
भक्तपुर : २०७० कार्तिक १८ गते
मुस्ताङ : २०७० मंसिर १४ गते
पाँचथर : २०७० माघ १२ गते
बाग्लुङ : २०७० माघ १६ गते
दाङ : २०७१ जेठ २३ गते
डडेलधुरा : २०७१ जेठ २४ गते
बाजुरा: २०७१ मंसिर १२ गते
अर्घाखाँची: २०७१ मंसिर १३ गते
रुकुम: २०७१ पुस ७ गते
रुकुम पूर्व : २०७१ पुस ७ गते
गोरखा : २०७१ पुस १६ गते
जाजरकोट : २०७१ पुस १८ गते
धनकुटा : २०७१ पुस ३० गते
लम्जुङ : २०७१ माघ २४ गते
इलाम : २०७१ फागुन १४ गते
बर्दिया : २०७२ जेठ २९ गते
दैलेख : २०७२ असार ७ गते
नवलपरासी : २०७२ असार १५ गते
गुल्मी : २०७२ असार २६ गते
रोल्पा : २०७२ पुस ९ गते
सुर्खेत : २०७२ पुस १४ गते
तेह्रथुम : २०७२ पुस १६ गते
बझाङ : २०७२ पुस १६ गते
स्याङजा : २०७२ पुस २५ गते
उदयपुर : २०७२ माघ १३ गते
जुम्ला : २०७२ फागुन २० गते
खोटाङ : २०७३ जेठ ७ गते
ताप्लेजुङ: २०७३ जेठ ३१ गते
सल्यान : २०७३ असार १७ गते
बैतडी : २०७३ असार २८ गते
मनाङ : २०७४ असार १७ गते
डोटी: २०७४ असार २८ गते
ओखलढुङ्गा : २०७४ असार २८ गते
डोल्पा : २०७४ कार्तिक ९ गते
हुम्ला : २०७४ मंसिर १८ गते
कञ्चनपुर : २०७४ पुस ७ गते
रसुवा : २०७४ पुस १६ गते
सिरहा : २०७४ चैत्र ९ गते
सप्तरी : २०७४ चैत्र २१ गते
पाल्पा : २०७४ चैत्र २४ गते
सिन्धुली: २०७५ वैशाख १३ गते
दार्चुला : २०७५ वैशाख २५ गते
कैलाली : २०७५ वैशाख ३० गते
ललितपुर : २०७५ जेठ २७ गते
रामेछाप : २०७५ जेठ २७ गते
संखुवासभा : २०७५ जेठ २८ गते
मुगु : २०७५ जेठ २८ गते
सुनसरी : २०७५ असार १९ गते
बाँके : २०७५ असार २८ गते
नुवाकोट: २०७५ असार २८ गते
रुपन्देही : २०७५ पुस ६ गते
झापा: २०७५ पुस १३ गते
रौतहट: २०७५ पुस १४ गते
धादिङ : २०७५ चैत्र २४ गते
काभ्रेपलाञ्चोक : २०७६ असार १३ गते
मोरङ: २०७६ साल असार २१ गते
दोलखा: २०७६ भदौ १२ गते
सिन्धुपाल्चोक: २०७६ भदौ २० गते
बारा : २०७६ भदौ २७ गते
पर्सा : २०७६ भदौ २८ गते
सर्लाही: २०७६ भदौ ३० गते
धनुषा : २०७६ भदौ ३० गते
महोत्तरी: २०७६ भदौ ३१ गते
कपिलबस्तु : २०७६ भदौ ३१ गते
काठमाडौं : २०७६ भदौ ३१ गते
सोलुखुम्बु : २०७६ असोज ३ गते
भोजपुर : २०७६ असोज ४ गते ।





























प्रतिक्रिया