गृहमन्त्री रामबहादुर थापा (बादल) सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
हेलिकप्टर रामेछापको मन्थली बिमानस्थलमा आकस्मिक अवतरण गराईएको हो । खराब मौसमको कारण आकस्मिक अवतरण गराईएको हो । हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् ।
गृहमन्त्री थापा नेपाली सेनाको एनए–०५६ नम्बरको हेलिकप्टरमार्फत जनकपुर जान लागेका थिए । हेलिकप्टर अहिले काठमाडौँ फर्किसकेको छ।





























प्रतिक्रिया