आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेण्डा ?

आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेण्डा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

गत शनिबार आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यस यता आज पहिलो पटक बैठक बस्न लागेको हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको भएपनि प्रधानमन्त्रीले आज शुक्रबार बैठक बोलाएका हुन् ।

आजको बैठकमा मन्त्रीमण्डल विस्तारका बारेमा छलफल हुने बताइएको छ । पुस ६ गते सरकारका सात मन्त्रीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै सामुहिक राजीनामा दिएका थिए ।

बिहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकमा नेकपाका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिट्टै नै मन्त्रीमण्डल विस्तार हुने बताएका थिए ।

Logo