काठमाडौँमा राँगोले पटक पटक वितण्डा मच्चाउदै आएको छ। मंगलबार बिहान पनि काठमाडौँको खिचापोखरीमा एउटा राँगोले त्यस्तै वितण्डा मच्चायो।
गाडीमा लोड गर्दागर्दै भागेको राँगोले न्यूरोड खिचापोखरी आसपासका स्थानीयलाई त्रसित बनायो। राँगोलाई प्रहरीले एक राउण्ड गोली हानेर नियन्त्रणमा लियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राँगोको आक्रमणबाट ४ जना मानिस घाइते भएको र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
त्यस अघि २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पताल भित्र पसेर वितण्डा मच्चाएको राँगोलाई गोली हानी मारेको थियो। त्यस्तै २०७३ असार ९ गते एउटा राँगोलाई शहीदगेट क्षेत्रबाट जिउँदै नियन्त्रणमा लिइएको थियो ।





























प्रतिक्रिया