एजेन्सी । फर्टिलिटी विज्ञ रोजर मियुसेट र बोउरस बेनगुडिफाले पुरुषका दुई अण्डकोषको तापक्रममा हुने भिन्नताबारे अनुसन्धान गरे । जसबाट उनीहरूले नयाँ कुरा पत्ता लगाए । दुई अण्डकोषमध्ये कुन बढी तातो हुन्छ भन्नेबारे अनुसन्धान गरेका थिए ।
उनीहरूको अनुसन्धान अनुसार कपडा लगाएको अवस्थामा बायाँ अण्डकोषको तुलनामा दायाँ अण्डकोष बढी तातो हुन्छ । कपडा लगाइएको अवस्थामा गरिएको अनुसन्धानले उक्त कुरा पत्ता लगाएको हो ।
त्यही अनुसन्धानको लागि यो वर्षको स्पूफ (व्यंग्यात्मक) आइजी नोबल प्राइज प्रदान गरिएको छ । आइजी नोबल प्राइज घोषण हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा गरिएको थियो ।

‘थर्मल एम्नेस्टी अफ द ह्युमन स्क्रोटम’ नाम गरेको अनुसन्धान ह्युमन रिप्रोडक्सन जर्नलमा प्रकाशित छ । यस अनुसन्धानमा स्क्रोटम (टेस्टिकल बाहिरको छाला) को तापक्रम हरेक दुई मिनेटको फरकमा नापिएको छ ।
हरेक पोस्टम्यानको टेस्टिकलको तापक्रम अध्ययनका लागि ९० मिनेट लगाइएको थियो । अर्को अध्ययनमा ११ जना ड्राइभर बसेका बेला उनीहरुको टेस्टिकलको तापक्रममा हुने भिन्नता हेरेका थिए । आइजी नोबल प्राइज व्यंग्यात्मक रुपमा प्रदान गरिने पुरस्कार हो ।





























प्रतिक्रिया