नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश

नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

नेपाल ओलम्पिक कमिटीको चुनाव तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

भदौ २० गते हुने चुनाव तत्कालको लागि बदर गर्न माग गर्दै कमल चित्रकार सर्वोच्च अदालत गएका थिए । अदालतले तत्काल चुनाव नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश टंकबहादुर मोक्तानकाे एकल इजलासले निर्वाचन रोकेर दुवै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएकाे हाे ।

नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् भने उमेशलाल प्यानलबाट पुरेन्द्रविक्रम लाखे महासचिव उम्मेदवार छन् ।

Logo