काठमाडौं,
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बुढा गाईगोरुको चिन्ता गरेका छन् । शुक्रबार नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको घटनाको विषयमा टिप्पणी गर्दै बाबुरामले यस्तो चिन्ता गरेका हुन् ।
बाबुरामले नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेको घटनाले त्यस सम्बन्धमा प्रकाशित समाचार पढेर यस्तो टिप्पणी गरेका हुन् । ट्विटरमा सक्रिय बाबुरामले ‘गौहत्या छानबिन गर्न समिति गठन’ शीर्षकको समाचार ट्विट गर्दै लेखेका छन्, ‘खुला सीमाका दुवैपट्टी गौबध प्रतिबन्धित भएपछि करोडौं बुढा गाईगोरु के गर्ने होला ?’
बाबुरामले पूर्वपश्चिम राजमार्ग र दक्षिणी सीमा जोड्ने सडकमा छाडा गाईगोरु देखिएको भन्दै यसको कारणसमेत खोजेका छन्। उनले गृहमन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र अलि विस्तार गरे राम्रो हुने सुझावसमेत दिएका छन् ।
‘गौहत्या छानबिन समितिको कार्यक्षेत्र अलि विस्तार गरे कसो होला ?’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘हाल बाँके–बर्दिया कैलाली जाँदा पूर्वपश्चिम लोकमार्ग र दक्षिणी सीमासम्म जोड्ने सडक चौकमा असामान्य रुपमा छाडा गाईगोरु देखिन्थे, के कारण होला ?’
अन्नपूर्णबाट





























प्रतिक्रिया