कपनमा स्कुल भ्यान दुर्घटना, ६ बालबालिका गम्भीर

कपनमा स्कुल भ्यान दुर्घटना, ६ बालबालिका गम्भीर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कपनमा स्कुल भ्यान दुर्घटना हुँदा १३ जना बालबालिका घाइते भएका छन् ।

लिटिल वल्डर मन्टेश्वरीको बा ५ प ११४२ नम्बरको भ्यान सडकबाट पल्टिएर दुर्घटना भएको हो । घाइते भएका बालबालिका मध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरूको चावहिलको मेडिकेयर र ओम अस्पतालमा उपचार भइरहेको छ ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Logo