सवारीसाधन बढेको होइन सडक थोरै भएको हो- कृष्णप्रसाद दुलाल (भिडियोसहित)

सवारीसाधन बढेको होइन सडक थोरै भएको हो- कृष्णप्रसाद दुलाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडाका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद दुलालले नेपालमा यातायातका साधन धेरै भएको हल्ला चलेपनि वास्तविकता त्यस्तो नभएको बताएका छन् ।

आजबाट शुरु भएको १४ औं नाडा अटो शो को अवसरमा केन्द्रबिन्दु मिडियाले आयोजना गरेको राउण्ड टेवलमा बोल्दै दुलालले भने, “यातायातका साधन धेरै भयो भन्ने कुरा धेरै भयो तर सडक थोरै भयो भन्ने कुरा कतै आएन ।” उनले आफू काठमाडौँ आएदेखि बन्न थालेको बागमती र विष्णुमति करिडोरको काम जस्ताको तस्तै रहेको भन्दै गुनासो पोखेका छन्। सडकबाट देशको अवस्था चिनिने बताउंदै दुलालले सडकको अवस्था सुधार्न जरुरी रहेको बताए।

नेपालमा व्यापार व्यवसायलाई कानूनी झन्झट हुने गरेको उल्लेख गर्दै उनले भने, “हामी पंचायतकालीन व्यवहारहरु पालना गर्दैछौ, एउटा व्यवसाय गर्न अनेकौ ठाउंमा दर्ता र नवीकरण गर्नुपर्ने।”

दुलालले जारी ‘अटो शो’ मा व्यापार प्रवर्द्धनदेखि रोड सेफ्टीसम्म सम्पुर्ण प्याकेजको प्रदर्शन हुने जानकारी दिए ।

थप भिडियोमा 

Logo