चीनसहित चार मुलुक सीधा उडानमा सकारात्मक

चीनसहित चार मुलुक सीधा उडानमा सकारात्मक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालसँग सीधा हवाई उडानका लागि छिमेकी चीनसहित अन्य चार मुलुक सकारात्मक देखिएका छन् । चीनसहित बंगलादेश, म्यानमार, दक्षिण कोरिया नेपालसँग सीधा हवाई उडानका लागि सहमत भएका हुन् । काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औं सम्मेलनका क्रम भएका छलफलमा सम्बन्धित मुलुकका अधिकारीहरूबीच यस्तो सहमति भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार चारवटै गन्तव्यमा उडान सहजताका लागि दुईपक्षीय छलफलका क्रममा सकारात्मक प्रगति भएको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चीनको ग्वाञ्जाओ, बेइजिङलगायतका गन्तव्यमा उडान अनुमतिका लागि चिनियाँ अधिकारी सकारात्मक देखिएको बताइएको छ । चीनले निगमलाई अक्टोबरसम्मका लागि ‘स्लट’ उपलब्ध गराएको र नयाँ बनेको बेइजिङ इन्टरनेशनल एयरपोर्टमा पनि स्लट उपलब्ध गराउने चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएका महानिर्देशक पोखरेलले जानकारी दिए ।

कारोबारबाट

 

 

Logo