काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन् । पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन् ।
छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुग्नु भएका उनले करिव २० मिनेट मन्दिर भित्र पूजा आराधना गरेकी थिइन् । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
सोही अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् । दर्शनका क्रममा पूर्व युवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पूरा गरिदिएका थिए ।





























प्रतिक्रिया