एकै चरणमा चुनाव गर्न निर्वाचन आयोगको सल्लाह

एकै चरणमा चुनाव गर्न निर्वाचन आयोगको सल्लाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले आगामी वैशाखमा हुने चुनाव एकै चरणमा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव एकै चरणमा गर्न सके सस्तो पर्ने सुझाव दिएका हुन् । एकै चरणमा चुनाव गराउँदा व्यवस्थापनमा पनि सजिलो हुने पनि आयोगले भनेको छ ।

निर्वाचन आयोग सरकारले भनेकै मितिमा चुनाव गराउन तयार रहेको र सरकारको निर्देशन प्राप्त हुनासाथ तयारी थाल्ने पनि आयोगले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले आइतबार संसद् विघटन गर्दै ०७८ वैशाख १७ र २७ गते २ चरणमा चुनाव गर्न नयाँ मिति घोषणा भइसकेको छ । ओलीको यो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत पनि भइसकेको छ ।

Logo