काठमाडौं । मुलुक हाँक्ने जिम्मेवारी पाएका भिआइपी र भिभिआइपीहरुको तलवभत्ता फेरि एकपटक बढेको छ । उनीहरुको बढेको तलव–भत्ता कति हो ? यो आम चासोको विषय हो ।
सरकारले गत जेठ १५ गते ल्याएको बजेटमा राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको थियो । साउन १ गतेदेखि लागू हुने यो निर्णय अनुसार कार्यालय सहायकदेखि नायब सुब्बासम्मको २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो । तर, सरकारले हालै भिआइपी र भिभिआइपीहरुको पनि तलवभत्ता वृद्धि गरेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले मासिक तलबभत्ता १८ प्रतिशतले वृद्धि गरेको हो । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यहरुको तलवभत्ता वृद्धि गरेको हो । यो निर्णय साउन १ गतेदेखि लागू हुने भएको छ ।
सरकारको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको तलबमा मासिक २७ हजार ८१ रुपैयाँ वृद्धि भएको छ । अब राष्ट्रपतिको तलब मासिक १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको तलबमा मासिक १९ हजार ८५ रुपैयाँ वृद्धि भएर १ लाख २५ हजार १ सय १५ रुपैयाँ पुगेको छ । अन्य भिआइपीहरूको तलब कति बढ्यो ? हेर्नुहोस भिडियोमाः





























प्रतिक्रिया