काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेकपा स्थायी कमिटीको आजको बैठकले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरूको सहभागिता विनै बालुवाटारमा बसेको बैठकले पूर्वमाओवादी नेता कृष्णबहादुर महरालाई स्थायी कमिटीमा लैजाने निणर्य समेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका छन् । सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमार्फत् कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । यसरी सामूहिक राजीनामा दिनेमा कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री, योगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, वन मन्त्री शक्ति बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगर लगायतका छन् ।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखदेखि विभिन्न संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । संसद् सचिवालयका अनुसार रिक्त प्रमुख आयुक्तलाई यसअघि बसेको संवैधानिक परिषदको बैठकल सिफारिस गरेको हो । जसअन्तर्गत, अख्तियारको प्रमुखमा पूर्वगृहसविच प्रेमकुमार राई सिफारिस भएका छन् भने निर्वाचन आयोगमा रामप्रसाद सिलवाल र डा जानकी तुलाधर सिफारिस भएका छन्।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा संसद विघटन गरेकी छिन् । संसद विघटनसँगै ०७८ वैशाख १७ र २७ गते दुई चरणमा हुने गरि प्रतिनिधि सभाको चुनावको मिति पनि तय गरिएको छ ।
सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो ।





























प्रतिक्रिया