दाङ,
घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो । साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो । उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए ।
घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरी अन्तर्गत निर्माण गरेको पोखरीमा केही समय अघि नुहाउन गएका एक युवक बेपत्ता भए । उनको खोजीका लागि गोताखोरसमेत प्रयोग गर्नुपर्यो । तर पत्ता लागेन । केही दिनपछि युवकको शव पोखरीमै भेटियो । यी दुई घटनासँगै दाङमा एक वर्ष अवधिमा कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा ५ पुरुष र ६ महिला छन् । प्रहरीका अनुसार इनारमा डुबेर ४ जना र खोलामा डुबेर ९ जनाको ज्यान गएको छ ।
वातावरण सन्तुलनमा राख्न, सिँचाइ सुविधा तथा खानेपानीका लागि स्रोत बढाउन दाङमा कृत्रिम पोखरी बनाउने क्रम बढ्दो छ । तर पछिल्लो समय यी पोखरी मृत्युस्थल बन्दै गएका छन् । एक वर्ष अवधिमा ५ नं प्रदेशका १२ जिल्लामा डुबेर एक सय ५७ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा डिएसपी नवराज पोख्रेलले बताए । उनका अनुसार कृत्रिम तालमा डुबेर मर्नेको संख्या दाङमा बढी छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया