कोटेश्वरमा सधैंको जाम, उस्तै सास्ती

कोटेश्वरमा सधैंको जाम, उस्तै सास्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
काठमाडौं भित्रने मुख्य नाका कोटेश्वरमा अध्याधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक ६ लेनको बनेपछि कोटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् ।

अरनिको राजमार्ग, वीपी राजमार्गहुँदै आउने सवारी साधन कोटेश्वर नाकाबाटै काठमाडौं प्रवेश गर्ने गरेका छन् । दैनिक हजारौंको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने कोटेश्वर चोकमा आकाशे पुल नहुँदा ट्राफिक जामको बोझ थपिएको छ । कोटेश्वरको ट्राफिक जाम घटाउनका लागि सडक विभाग, ट्राफिक प्रहरी र जनप्रतिनिधिहरुले विकल्प तयार गरेर अगाडि बढे पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।

सडक विभागले कोटेश्वरको टंकप्रसादको शालिकबाट काठमाडौं पेप्सीकोला जोडने वडा कार्यालयसम्मको सडक, जडिबुटीबाट मनहरा खोलाहुँदै बालकुमारी जोड्ने दुईवटा वैकल्पिक सर्भिस ट्रयाक निर्माणको काम अगाडि बढाए पनि यसले गति लिन सकेको छैन ।

काठमाडौँ महानगरपालिका–३२ का वडा अध्यक्ष नवराज पराजुलीले तीनकुने–कोटेश्वर–जडिबुटीमा देखिएको बढदो ट्राफिक जाम घटाउने अभियानमा लागेको बताउँदै भन्नुभयो, ‘अस्तव्यस्त बन्दै गएको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ, अब केही समयपछि नै सहज हुन्छ ।’

यस्तै काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी–कोटेश्वर चोक भएर गुड्ने सवारी साधनका लागि वैकल्पिक सडक निर्माणको कामले पनि गति सकेको छैन । मनहरा खोलामा निर्माण गर्न लागिएको बेलिब्रिज अहिलेसम्म बनेको छैन ।
नेपाल समाचारपत्रबाट

Logo