निर्मला प्रकरणमा गृहमन्त्रीको बोली, ‘सबै प्रमाणले दिलिपलाई नै दोषी देखाउँछ’

निर्मला प्रकरणमा गृहमन्त्रीको बोली, ‘सबै प्रमाणले दिलिपलाई नै दोषी देखाउँछ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ । अहिलेसम्म उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् । प्रहरीले आफुसँग उपलब्ध भएको स्रोत साधनको मद्दतबाट अनुसन्धान गरिरहेको छ । तर उपलब्धी शुन्य छ ।

घटना घटेको एक वर्षपछि यो प्रकरणमा नयाँ नयाँ ट्विष्ट आउन थालेको छ । यसको सबैभन्दा रोचक र सबैलाई चकित पार्ने ट्विष्ट हो दिलिपसिंह विष्ट । सुरूमा पक्राउ परेर डिएनए परीक्षणका क्रममा निर्दोष ठहरिएपछि उनी रिहा भएका थिए । तर फेरि उनी नै निर्मलाका हत्यारा हुनसक्ने भन्दै आकलन गर्न थालिएको छ ।

स्वयंम निर्मलाकी आमा दुर्गादेवीले समेत उनीमाथि नै आशंक गरेकी छन् । त्यस्तै दिलिपमाथि अनुसन्धान गरेका प्रहरीको अनुसन्धान ब्यूरा सिआईबीका डिएसपी अंगुर जिसी पनि आफु अहिलेसम्म दिलिप नै अपराधी रहेको दाबी गर्दै आएका छन् । आफुले गरेको अनुसन्धानका क्रममा उनी नै अपराधी रहेको उनको दाबी हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि दिलिप नै दोषी हुन सक्ने आशंका गरेका छन् । अहिलेसम्म उपलब्ध प्रमाणको आधारमा दिलिप नै दोषी हो कि भन्ने देखिएको उनको भनाई छ ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भनेका थिए, ‘सबै विषय (प्रमाण) हेर्दा दिलीप विष्ट नै दोषी हो कि भन्ने देखिन्छ, डीएनए म्याच नभएपछि विष्ट रिहा भए, अरू सबै चिजले म्याच गर्छ, तर पनि हाम्रो अनुसन्धान जारी छ ।’

उनले हाई प्रोफाइललाई जोगाउन अरूलाई फसाएको भन्ने आरोप गलत भएको दाबी गरे । अनुसन्धानका क्रममा सयौंलाई बोलाइएको बताए । ‘अब हामी नयाँ सूत्र र प्रक्रिया प्रयोग गरेर अनुसन्धान गर्छौं,’ गृहमन्त्रीले भने ।

निर्मला काण्डको एक वर्षः दिलिप विष्टलाई नै अपराधी घोषणा गर्ने दाउ ! {भाग-२}

निर्मला काण्डको एक वर्षः सरकारलाई पूर्व एसपी विष्टको चेतावनी {भाग-३}

निर्मला काण्डको एक वर्ष: आ–आफ्नै स्वार्थले न्याय नपाएको काण्ड {भाग-४}

Logo