काठमाडौं । दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् । हङकङबाट काठमाडौं आएका श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न इन्टरपोलको माइन्ड उपकरणको सहयोग लिइएको थियो ।
श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको थियो । माइन्ड डिभाइसले इन्टरपोलमा नोटिस जारी भएका फरार अपराधी, संदिग्ध व्यक्तिको पहिचान, चोरी वा हराएका पासपोर्ट र ट्राभल डकुमेन्टको प्रयोग गरी आवतजावत गर्ने मानिसको नियन्त्रण गर्न सहयोग गर्ने गरेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । त्यसकै आधारमा श्रेष्ठ विमानस्थलमा पक्राउ परेका हुन् ।
श्रेष्ठले डेजाभुको अध्यक्ष पदमा रहँदा कम्पनीमा लगानी गर्न विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएका थिए । त्यसवापत उनले शेयर दिने बताएका थिए । सहमति अनुसार शेयर नदिएपछि उनले रकम फिर्ता मागे । श्रेष्ठले २ करोड बराबरको चेक दिए पनि बाउन्स भएपछि काठमाडौं प्रहरीमा बैंकिङ कसूरको उजुरी दर्ता भएको थियो ।





























प्रतिक्रिया