काठमाडौँको सोह्रखुट्टेमा बिहीबार बिहान एउटा कार दुर्घटनामा परेको छ ।
बिहिबार बिहान ४ बजे बा ११ च २१०३ नम्बरको कारले जय श्रीकृष्ण चस्मा पसलको सटरमा ठक्कर दिएर सडकमै पल्टिएको हो। सो कार ठमेलबाट कालधारातर्फ जाँदै गरेको महनगरीय प्रहरी वृत लैनचौरले जनाएको छ।
कारका चालक कालधाराका सागरमाथा राई भने सकुशल रहेको जनाएको छ । उनले दुधको गाडी जोगाउन खोज्दा दुर्घटना भएको बयान दिएका छन्। अहिले कारलाई सडकबाट हटाईसकेको छ ।





























प्रतिक्रिया