काठमाडौं,
गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सरकार क्रियाशील रहेको बताएका छन् ।
गृहमन्त्री थापाले बुधबार जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पीडितलाई राहत, उद्धार र बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको पनि बताए ।
उनले मनसुनी वर्षा अझै हुने भएकाले उच्च सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरेका छन् । उनले गत असार २६ गते यता आएको अविरल वर्षाका कारण १ सय ८ जनाको ज्यान गएको, ३३ जना वेपत्ता भएको पछिल्लो विवरणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उनीहरुको राहत तथा उद्धारका लागि तीनै तहको सुरक्षा निकायको समेत उचित परिचालन गरिएको पनि बताए ।
गृहमन्त्री थापाले पीडितलाई राहत दिने तथा सो घटनामा परी मृत्यु भएकाका परिवारलाई जिल्ला दैवी प्रकोष कोषमार्फत् १ लाख वितरण गर्न सुरु गरिएको पनि बताए । गृहमन्त्री थापाले पीडितको बसोबासका व्यवस्थाका लागि आवश्यक तथ्यांक संकलनको काम पनि सुरु गरिएको पनि बताए । उनले सो घटनामा परी घाईते भएकाहरुको उपचारको व्यवस्था गरिएको, वेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिइएको, राष्ट्रिय/अन्तराष्ट्रिय स्वयंसेवी संस्थाहरुलाई पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पीडितलाई राहत र उद्धार गर्न अनुमति दिइएको पनि बताए ।
नागरिकबाट





























प्रतिक्रिया