आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ। बुधबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा ८६ रन बनाएर छनोटमा पहिलो जित हासिल गरेको हो । ज्ञानेन्द्र मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाएपछि जित हात पार्न सहज भएको हो ।
यसअघि मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९ ओभरमा छोट्याइएको थियो ।





























प्रतिक्रिया