विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई हराउँदै भारत सेमिफाइनल नजिक

विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई हराउँदै भारत सेमिफाइनल नजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
विश्वकप क्रिकेट अन्तर्गत विहिबार भएको खेलमा वेष्ट इण्डिज भारतसँग १२५ रनले पराजित भएको छ । हारसँगै वेष्ट इण्डिज समूह चरणबाटै बाहिरिने निश्चित भएको छ ।

२६९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले सुरुआतदेखि नै विकेट बचाउन सकेन । ३४ ओभर २ बलमा १४३ रनमै अलआउट भएपछि भारतको जित भएको हो । भारत प्रतियोगिताकै एक मात्र अपराजित टोली हो ।

आज दक्षिण अफ्रिका र श्रीलंकावीच खेल हुने तालिका छ ।

Logo