ग्राहकहरूको लागि बजारमा बैंकिङ अप्सन धेरै छन् । नेपालमा अहिले २० वटा वाणिज्य बैंकहरु छन् । उक्त बैंकमध्ये सिटिजन्स बैंक नै किन भन्ने प्रश्न पनि आउँछ । सिटिजन्स बैंक ग्राहकलाई सहज सेवा र यसको विस्तारका निमित्त प्रयत्न गर्दै आएको छ । बैंकले हाल ६० जिल्लामा सेवा प्रदान गर्दै आइरहेको छ भने यसका देशभर १९० वटा शाखा छन् । १५३ वटा एटीएम रहेको यस बैंक गुणस्तर सेवामा केन्द्रीत छ ।
ग्राहकको आवश्यकता अनुसारको प्रडक्ट डिजाइन गर्ने, शाखा बिस्तार गर्दै जाने, ग्राहकलाई सहज सेवा पुर्याउने अबको सिटिजन्स बैंकको लक्ष्य हो । उक्त विषयलाई नै मध्यनजर गर्दै बैंकले नयाँ प्रडक्ट सार्वजनिक गर्दै आइरहेको छ । सिटिजन्स बैंकले आफ्नो १७औं वार्षिक उत्सवको अवसर पारेर ‘भर्चुअल क्रेडिट कार्ड’ पनि ल्याएको छ । सम्भवतः नेपालमै पहिलो पटक यो सेवा ल्याउने बैंक सिटिजन्स हो ।
फोन पेसँग सहकार्य गरी ल्याएको यो कार्डका लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नुहुनेछ । आवेदन बैंकले स्विकृत गरिसकेपछि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछ । भर्चुअल क्रेडिट कार्ड सिटिजन्स बैंकको नयाँ योजना हो ।
उक्त योजनामार्फत ऋण लिएपछि साँवा र ब्याजको मासिक किस्ता (ईएमआई) को सुविधासमेत लिन सकिन्छ । यो कार्डबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी साथै सामान किनमेल गर्न सहज तरिकाले सकिन्छ । यो कार्डबाट पूर्ण रूपमा डिजिटल सेवा प्रदान हुनेछ ।
‘सिटिजन्स बैंक डिजिटल बैंकिङ सेवामा दृढ छ । बैंकको अबको लक्ष्य भनेकै सहज सेवा विस्तार हो ।’
जो ग्राहकहरू बैंकसँग जोडिएर कारोबार गरिराख्नु भएको छ । जो भोलिका दिनमा भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने सोचमा हुनुहुन्छ भने सिटिजन्स बैंकको एप डाउनलोड गरेर क्रेडिट कार्डको अप्लाई गर्न सकिन्छ । बैंकले ग्राहकहरूलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प प्रदान गरिएको छ ।
सो कार्डको सफल परीक्षण भइसकेको छ भने चाँडै ग्राहकवर्गका बीच पनि ल्याउँदै छौं । क्रेडिट कार्डको फिचरमा एडिशनल फिचर थपेको यो कार्ड सुविधा अब मोबाइलबाटै पाइन्छ । भर्चुअल क्रेडिट कार्ड लिनको लागि बैंकमा आएर फर्म भर्नु पर्दैन । किनभने सिटिजन्स बैंकका ग्राहकले उक्त कार्डका लागि अनलाइनमार्फत अप्लाई गरी प्रयोग गर्न सकिन्छ ।
सिटिजन्स बैंक डिजिटल बैंकिङ सेवामा दृढ छ । डिजिटल सेवामा बैंकले फोकस गर्नु पनि पर्छ । किनभने आजको युग डिजिटलाईजेशन तिर गइरहेको छ । अहिले बैंकको मुख्य उदेश्य भनेको ग्राहकहरुको आवश्यकताका साथै गुणस्तर सेवामा ध्यान दिनु हो । क्रेडिट कार्ड लिने विषयमा ग्राहकको मिश्रित प्रतिक्रिया आउँछ । भिसा क्रेडिट कार्ड कसरी लिने, कसरी प्रयोग गर्ने भनेर धेरैलाई थाहा नहुन सक्छ । यद्यपि हामीले यसको बारेमा बुझाएर प्रयोगको तरिका सिकाएर ग्राहकलाई वितरण गर्दै आएका छौं ।
क्रेडिट कार्ड एक हिसाबले भन्ने हो भने बैंकबाट निश्चित समयको लागि लिएको ऋण हो ।
बैंक यसमा विभिन्न स्किम ल्याएर ग्राहकलाई अझ कसरी सहज सेवा दिन सकिन्छ भनेर लागेको छ । जस्तो क्रेडिट कार्डलाई किस्तामा कन्भर्ट गरेर ठूलो रकमका सामान खरिद गर्न पनि सकिन्छ । हामीले जुन सेवा शून्य प्रतिशतदेखि ब्याजदर उपलब्ध गराउँछौं, ग्राहकहरूलाई भोलिका दिनमा थप फिचरहरू उपलब्ध गराउँदै जाने छौं ।
मैले भिसा क्रेडिट कार्डप्रति मान्छेको बुझाई मिश्रित पाएको छु । व्यक्तिसँग पैसा सकिएको बेला वैकल्पिक उपायको रूपमा क्रेडिट कार्ड प्रयोग गर्न सकिन्छ । कुनै सामान किन्नु पर्याे भने यसबाट सहजै पे गर्न सकिने भयो । छोटो समयका लागि सर्टेन क्रेडिटको सिमा तोकिएको हुन्छ । जसले गर्दा ग्राहक वर्गहरूलाई सामान खरिद गर्नको लागि सजिलो हुन्छ ।
म क्रेडिट कार्डलाई सेन्सेटिभ प्रडक्ट पनि भन्छु । किनभने यसलाई आफ्नै नियम आफ्नै परिधिभित्र बसेर चलाउनु पर्ने हुन्छ । सिटिजन्स बैंकबाट राम्रो नम्बरमा ग्राकहरुले क्रेडिट कार्ड लिनु भएको छ । क्रेडिट कार्ड ग्राहकको मासिक आम्दानी कति छ ? कस्तो प्रकारको आम्दानी स्रोत हो त्यसको आधारमा पनि यो कार्ड दिइन्छ । मासिक आम्दानीको १.५ टाइम्ससम्मको सिमा दिने गर्छौं ।
महिनाभरमा उक्त कार्डमार्फत कति खर्च हुन्छ ? त्यसको स्टेटमेन्ट पनि बैंकले महिना बितिसकेपछि पढाउँछ । रकम फिर्ता गर्न बैंकले महिना बितेको १५ दिनसम्मको लागि समय दिएको हुन्छ । र, पैसा तिरेपछि पुनः क्रेडिट लिमिट प्रयोग गर्न सकिन्छ ।
सिटिजन्स बैंककाे क्रेडिट कार्ड कसरी लिने ?
पहिला किनमेल गर्न जानुअघि पर्समा क्यास पैसा राख्ने अनि बजारमा गएर सामान खरिद गरी उक्त सामानको बिल पर्समा राखेर फर्किनेबाट हाम्रो सपिङ कल्चर सुरु भएको हो । त्यसपछि प्लास्टिक मनि भनेर क्रेडिट कार्ड आयो । अहिले युवाले मात्र भई नेपाली नागरिकता प्राप्त प्राय सबै उमेर समूहका मान्छेहरूले मोबाइलबाटै कारोबार गर्छन् । दैनिक जीवनमा मोबाइल अति आवश्यक वस्तुभित्र परिसकेको छ । बैंकिङ कारोबार पनि पछिल्लो समय मोबाइलबाटै बढी भएको देखिन्छ ।
क्रेडिट कार्ड पनि अब मोबाइल बैैंकिङबाट नै कारोबार गर्न मिलोस् भनेर भर्चुअल क्रेडिट कार्डको लन्च पनि गरेका हौं । यो भन्दैमा प्लास्टिक कार्डलाई बन्दै गर्ने भन्ने होइन । ग्राहकको आवश्यकता अनुसारको कसलाई के चाहिन्छ ? त्यो अनुसारको सिटिजन्स बैंकले सेवा उपलब्ध गराउँदै जान्छ ।
सिटिजन्स बैंकबाट भिसा क्रेडिट कार्ड निकाल्ने तरिका सहज छ । बैंकबाट जसले यो कार्ड निकाली प्रयोग गर्ने सोच बनाउनु भएको छ, नजिकैको बैंकको शाखामा गएर पनि यसको बारेमा बुझन सक्नुहुनेछ । यो कार्डको प्रयोगका लागि आवेदन दिन जागिर खाएको तलब प्रमाणपत्र र त्यो अनुसारको पैसा जुन बैंकमा गइरहेको छ, त्यो बैंकको स्टेटमेन्टको आवश्यक पर्छ । भौतिक रूपमा वा अनलाइनका माध्यमबाट पनि यसमा आवेदन दिन सकिन्छ ।
आवेदन दिएपछि उहाँको क्रेडिट रिभ्यू भई उहाँलाई लिमिट असाइन गर्छौं । उहाँको लिमिटलाई असाइन गरेपछि कार्ड प्रोभाइड गर्छौ । उक्त कार्ड आएपछि सहज तरिकाले थोरै भएपनि पैसा निकाल्न र आवश्यकता परेको ठाउँमा भुक्तानी गर्न सकिन्छ ।
क्रेडिट कार्ड एक हिसाबले भन्ने हो भने बैंकबाट निश्चित समयको लागि लिएको ऋण हो । उहाँलाई कति दिँदा पे गर्नको लागि सजिलो हुन्छ भनेर लिमिट राखेर दिने गरिन्छ । धेरै मूल्यको सामान किन्नु तर पैसा छैन भने इएमआईमा कन्भर्ट गरेर प्रयोग गरेर सकिन्छ । उहाँहरूलाई धेरै आर्थिक भार नपरोस् भनेर पनि कार्डमा लिमिट राखिएको हुन्छ । क्रेडिट कार्डको मेकानिजम यहाँ मात्र नभई विश्वका धेरै बैंकमा उस्तै हुन्छ । सरल प्रक्रियाबाट न्यूनतम ब्याजदरमा बैंकले सेवा दिइरहेको छ ।
सिटिजन्स हरेक विषयमा शुल्कदेखि सेवासम्म अब्बल छ । ग्राहकलाई सहज सेवा दिनु आवश्यक सेवा सुविधाहरू उपलब्ध गराउँदै जानु सिटिजन्स बैंकको उद्देश्य हो । हामीले ग्राहक मैत्री बजेटमा क्रेडिट कार्ड उपलब्ध गराइ रहेका छौं । बैंकले क्रेडिट कार्डको सेवा दिएबापत वार्षिक रूपमा साढे ७ सय रुपैयाँ शुल्क पनि लिन्छ । ग्राहकमैत्री भएकाले हाम्रो कार्ड लिनको लागि धेरै जना इच्छुक देखिनु हुन्छ । राम्रो नम्बरमा कार्डहरू लिई राख्नु पनि भएको छ ।
(सिटिजन्स बैंकका क्रेडिट कार्ड प्रमुख अधिकारीसँग गरिएको कुराकानीमा आधारित)































प्रतिक्रिया