भारतीय पक्षले बिना जानकारी कोशीमा पानी फर्कायो, ९० नेपाली परिवार सम्पर्कविहीन

भारतीय पक्षले बिना जानकारी कोशीमा पानी फर्कायो, ९० नेपाली परिवार सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

राजविराज,

कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर साँझ एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी गराए । साहले भने, ‘वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानियस्तरमा पूर्व जानकारी गराउनु पर्ने हो तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’

आपतकालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको साहले जानकारी गराए । स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ ।

 

यद्यपि यसवारे आधिकारी तथ्यांक भने नआइसकेको मेयर साहले वताए । ‘हामी सम्पर्कको प्रयासमा छौ, केही स्थानीयहरुसँग फोनमा कुराकानी भए पनि एक्कासी नदीको वहावले सिंगो वस्तीनै घेरीए पछि त्यहाँ सम्म पुग्न वा त्यहाँ फसेकाहरुलाई निकाल्न सक्ने काम गाह्रो नै छ’, मेयर साहले भने, ‘मानवीय रुपमा हताहातको सम्भावना अहिले सम्म देखिएको छैन, तर अवस्था यस्तै रह्यो भने झन् विकराल स्थिती सृजना हुन सक्छ ।’
नागरिकबाट

Logo