पशुपतिनाथको जमिनमा चर्च सञ्चालन, बार्षिक १ हजार ७ सय रुपैयाँ भाडा

पशुपतिनाथको जमिनमा चर्च सञ्चालन, बार्षिक १ हजार ७ सय रुपैयाँ भाडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिन्दुहरुका आरध्यदेव भगवान पशुपतिनाथको जमिनमा चर्च सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालनमा ल्याएको हो । मिसनरिजले जमिन वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ ।

दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ । एक धर्मको क्षेत्रको जमिनमा अर्को धर्म वा सम्प्रदायले संरचना बनाउनु कानुनविपरीत मानिन्छ । सर्वोच्च अदालतको नजिरअनुसार एक धर्मको स्वामित्वमा भएको जमिनमा अन्य धर्मले प्रयोग गर्न पाउँदैन। यो हिन्दु धर्म लोप गराउने षडयन्त्र भएको पशुपतिनाथ मन्दिरका भण्डारी केदारमान भण्डारी बताउँछन् ।

हिन्दुको क्षेत्रमा अन्य धर्मले अतिक्रमण गर्नु कानूनविपरित भएको उनको भनाई छ । कोषका सदस्यसचिव प्रदीप ढकाल मोहीले भने जग्गा किनबेच गर्दागर्दै चर्चको स्वामित्वमा पुगेको बताए ।

‘जग्गा किनबेच गर्न यो समुदायले पाउने, ऊ समुदायले नपाउने भन्ने छैन। नेपालको संविधानले पनि सम्पत्तिसम्बन्धी अधिकार सुनिश्चित गरेको छ’ उनले भने, ‘त्यही अधिकारअनुसार जग्गा किनियो, मिसनरीले प्रयोग गर्‍यो। तर, यो जायज होइन।’

कालोपुलमा मिसनरीले सञ्चालन गरेको ज्ञानेश्वर चर्च पशुपतिनाथ क्षेत्रको चार किल्लाभित्र पर्छ। पशुपति क्षेत्र विकाष कोषले चर्चलाई बिस्तारै हटाउने प्रक्रिया अघि बढाइने जनाएको छ ।

Logo