बेलायती प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।
युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे पछिल्लो समय आफ्नै पार्टीभित्र विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
प्रधानमन्त्री मेले ब्रेक्जिटबारे ईयूसँग गरेको सम्झौता उनको आफ्नै कन्जरभेटिभ पार्टीका नेताहरुले समेत रुचाएका थिएनन् । त्यसबाहेक उनले गरेको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि उनलाई आफ्नो पदबाट राजीनामा दिन तीब्र दबाब रहँदै आएको थियो ।
त्यस्तै, हालै उनले विपक्षी लेबर पार्टीसँग पनि आफूले ईयूसँग गरेको सम्झौताका विषयमा छलफल गर्ने जनाएकी थिइन् ।





























प्रतिक्रिया