काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथर सामूहिक हत्याकाण्डबारे बुझ्न तीन सदस्यीय टोली पठाएको छ । मिक्लाजुङ गाउँपालिका– ३ मा आरुबोटेमा नौ जनाको सामूहिक हत्या प्रकरणबारे बुझ्न कांग्रेसले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पठाएको हो ।
टोलीमा केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू रहेका छन् । कांग्रेसले उक्त घटनाबारे छानबिन गर्न सरकारसँग माग गरेको छ ।
सोमबार राति मिक्लाजुङमा एउटै व्यक्तिले दुई परिवारका नौ जनाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको विस्तृत अनुसन्धान गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘नेपाली कांग्रेस यो रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपिल गर्दै मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दछ’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





























प्रतिक्रिया