काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौंमा हावाहुरीसहित वर्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा एकास्सी हावाहुरीसहित वर्षा भएको छ । काठमाडौंका उपत्यकाका अधिकांश ठाउँमा हावाहुरीसहित वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशको पश्चिमी भूभागमा पनि वर्षा भएको छ । पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परेको थियो ।

पश्चिमि भेग लगायत मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा पनि मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भवना रहेको महाशाखाले जनाएको छ । हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपात भएको मौसमविद्हरुले जनाएका छन् ।

त्यस्तै भोलि आईतबार पनि देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति पहाडी भु-भागमा आंशिक बदलि तथा बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भु(भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Logo