काठमाडौं,
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन्। ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको यो अवधिमा गरेको नाफा यसै आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) भन्दा ४८.१८ प्रतिशतले बढी हो। ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको दोस्रो त्रैमाससम्म ३० अर्ब ८१ करोड ९४ लाख नाफा कमाएका थिए ।
गएको आवमा वाणिज्य २८ वटै वाणिज्य बैंकले ५४ अर्ब ९६ करोड ९२ लाख नाफा कमाएका थिए । चालु आवमा बैंकहरूको चुक्ता पुँजी बढेका कारण कर्जा प्रवाह भएको वृद्धिले नाफा बढ्न गएको हो ।
चालु आवको यो अवधिमा दुई वटा बैंकले तीन अर्ब, ६ वटा बैंकले दुई अर्ब र १८ वटा बैंकले एक अर्बभन्दा बढी नाफा कमाएका छन् । सिभिल र सेन्चुरी बैंकको नाफा भने करोडमै सीमित रहेको छ । सेन्चुरी बैंकले ६१ करोड नाफा कमाएको छ भने सिभिल बैंकले ४९ करोड ३८ लाख नाफा कमाएको छ ।
चालु आवको तेस्रो त्रैमास ( चैतसम्म) सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकर निजी क्षेत्रबाट संचालिन नविल बैंकले तीन अर्बभन्दा बढी नाफा कमाएका छन् । सरकारी बैंकले सबैभन्दा बढी तीन अर्ब ४९ करोड ९३ लाख नाफा कमाएको छ भने नविल बैंकले तीन अर्ब १९ करोड नाफा कमाएको छ । यी दुई बैंक सर्वाधिक नाफा कमाउने बैंकको सूचिमा सूचिकृत भएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया