प्रचण्ड भन्छन्, ‘तपाई हामी जीवित छँदैं काठमाडौंमा रेल आउँछ’ (भिडियोमा)

प्रचण्ड भन्छन्, ‘तपाई हामी जीवित छँदैं काठमाडौंमा रेल आउँछ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीवर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गरेका छन् ।

प्रचण्डले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको स्पष्ट पारे । विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तपाई/हामीजीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भईसकेको उल्लेख गर्दै त्यसलाई लुम्विनीसम्म लैजाने योजना तय गरिएको पनि बताए ।

उनले चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्विनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।

Logo