केही मिडियाकर्मीहरु असनको साँढेजस्तो भए- बाबुराम भट्टराई

केही मिडियाकर्मीहरु असनको साँढेजस्तो भए- बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले केही मिडियाकर्मीहरु असनको साँढेजस्तो भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले  अहंकारी, उदण्ड, अशिष्ट र असनको साँढे जस्तो व्यवहारले पत्रकारलाई अफ्ठेरो पार्ने बताएका छन् । ‘सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ१मिडियानेतृत्वको ध्यान पुगोस् !’ उनले लेखेका छन् ।

समाजवादी पार्टी नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले एक अन्तवार्ता कार्यक्रमबाट उठेर हिडेपछि अहिले सामाजिक संजालमा बहस भैरहेको छ ।

Logo