आईपीएलको उपाधिका लागि आज मुम्बई ईन्डियन्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
चेन्नाई , महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको छ भने र मुम्बई रोहित शर्माको कप्तानीमा रहेको छ। मुम्बईले यो सिजनमा खेलिएका तीन खेलमा चेन्नाईलाई पराजित गरेको छ । लिग चरणका दुई र एक क्वालिफायर खेलमा मुम्बईले चेन्नाईलाई हराएको हो ।
दिल्ली क्यापिटल्सलाई हराउदै चेन्नाई फाइनल पुगेको हो ।अघिल्ला तीन खेलमा हारको बदला लिने र उपाधि रक्षा गर्ने रणनीतिका साथ चेन्नाई मैदान उत्रने छ । त्यस्तै जारी सिजनमा तीन पटक चेन्नाईलाई पराजित गरेको मुम्बई फाइनलमा पनि उसलाई हराउने बलियो आत्मविश्वाससहित मैदानमा भिड्ने छ ।
मुम्बई र चेन्नाई सबैभन्दा धेरै पटक फाइनल पुग्ने आईपीएलका दुई सफल र उत्कृष्ट टीम हुन् । दुवै टोलीले अहिलेसम्म तीन-तीन पटक उपाधि चुमेका छन् ।
मुम्बईले अहिलेसम्म चार पटक फाइनल खेलेको छ भने तीन पटक उपाधि कब्जा गरेको छ । उसले सन २०१३ र सन २०१५ गरी दुईपटक फाइलनमा चेन्नाई सुपर किंग्सलाई नै पराजित गरेको थियो । त्यस्तै तीनपटकको च्याम्पियन चेन्नाई सुपर किंग्स आठौँ पटक फाइनल पुगेको छ ।





























प्रतिक्रिया