मौसममा फेरबदल : देशभर हुरीबतास र चट्याङसहित वर्षाको सम्भावना

मौसममा फेरबदल : देशभर हुरीबतास र चट्याङसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

करिव एक हप्तादेखि सुधार भएको मौसममा फेरि खराबी देखिने अनुमान गरिएको छ । आगामी ३ दिन देशभरकै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आगामी तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताए । उनका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ ।

अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुने उनले बताए ।

Logo