नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ

नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो।

काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सब-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका हुन्।

उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो। मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ।

Logo