प्रधानमन्त्री ओलीलाई उपविदेशमन्त्रीको स्वागत

प्रधानमन्त्री ओलीलाई उपविदेशमन्त्रीको स्वागत

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भियतनामको राजधानी हनोइ पुगेका छन्।

प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।

भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि भियतनामको औपचारिक भ्रमणमा छन्।

प्रधानमन्त्री ओलीले वैशाख ३० गतेदेखि कम्बोडियाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

Logo