सोलुखुम्बुको सल्लेरीमा लक्ष्मी बैंकको शाखा विस्तार

सोलुखुम्बुको सल्लेरीमा लक्ष्मी बैंकको शाखा विस्तार

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु ,

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको सल्लेरीमा १०२ औं शाखा सञ्चालनमा ल्याएकोे छ ।

यस शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०२ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

Logo